November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

टोकियो ओलम्पिक : गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् ।गौरिकाले महिला १०० मिटर
फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया,

मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् ।यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्य शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् ।गौरिकाको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे रहेको छ । गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा दुई साताको विशेष प्रशिक्षण गरेका थिए ।

एलेक्सले कीर्तिमान सुधार गरिसकेको र गौरिकाले पनि राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए ।गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको छ । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् ।

यस्तै नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित भएकी थिइन् ।
फोटो: गौरिकाको इन्स्टाग्रामबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.