December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

काठमाडौं कोटेश्वर बाट पक्राउ परे ३१ वर्षीय कमल, काठमाडौंमा बसेर गर्थे यस्तो धन्दा

 

काठमाडौं : रातकाे समयमा सहकारी संस्था तथा दिउँसाे घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने समूहका नाइकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

महंगा गरगहना तथा नगद चोरीमा संलग्न रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

थापा मगर बिभिन्न आठ वटा चोरीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ। उनको साथबाट चोरीमा प्रयोग हुने फलामको छडसमेत प्रहरीले बरामद गरेको छ।

यस्तो छ चोरीको श्रृङ्खला

यो पनि : मकालु आधार शिविरमा पर्यटकको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ । मकालु–२ मकालु आधार शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिनुभयो ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले पुष्टि गरेको छ । प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए ।

हिउँमा फसेका दुई विदेशीसहित एक नेपालीको उद्धार

मकालु आधार शिविरमा फसेका दुई विदेश पर्यटकसहित एक नेपालीको सकुशल उद्धार गरिएको छ । आइबार दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ । मकालु आधार शिविरको हिउँमा फसेका अन्य ६ जना नेपाली नागरिका उद्धारको पहल भइरहेको उद्धारमार्फत काठमाडौँ पुग्नुभएको निरज कार्कीले बताउनुभयो ।

आज दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ पुग्नुभएका कार्कीका अनुसार ६ नेपाली नागरिकसहित मृतक डेनमार्कका हेन्रिक थोर्वजन एडर्शन अहिले मकालु आधार शिविरमै रहेको बताउनुभयो । मृतक थोर्वजन एडर्शनसहित ६ नेपालीलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको कार्कीले बताउनुभयो । यसअघि गत सोमबार मकालु आधार शिविर घुम्न गएका सूर्योदय नगरपालिका–५ श्रीअन्तु इलामका ३२ वर्षीय धरणी घिमिरेको लेक लागेर मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.