December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

कृषि विकास बैंकको यस्तो छ गैरकानुनी धन्दा, सबैलाई चिन्ता थप्ने तथ्य बाहिरियो

चितवन । सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले गैरकानुनी धन्दा गरिरहेको खुलासा भएको छ । नागरिकको रकम कसरी घोटाला गर्छ भन्ने तथ्य भर्खरै बाहिरिएको छ ।

बैंकको चितवनस्थित गुञ्जनगर शाखामा भएको गैरकानुनी तवरले गरिएको ठूलो घटला बाहिर आएको हो ।

शाखा प्रमुख शोभाकुमारी दत्तले अरुसँग मिलोमतोमा बैकमा रहेको नागरिकको ठूलो रकम घोटला भएको तथ्य बाहिर आएपछि उनी अहिले निलम्बनमा परेकी छिन् ।

बैकले थप छानविन प्रक्रिया अगाडी बढाएको छ । ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र गैरकानुनी रूपमा बैंकको पैसा बिनाब्याज ग्राहकलाई सापटी दिई सो रकम मिटर ब्याजमा प्रयोग हुने गरेको तथ्य बाहिर आएको हो ।

यो तथ्य बाहिर आएपछि छानविनका लागि केन्द्रबाट दुई जना र प्रदेशबाट एक गरी तीन जना कर्मचारी खटिएको कृषि बिकास बैंकको श्रोतले बतायो ।

छानविन समितिले गुञ्जनगर शाखामा पुगेर आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

अहिले टोली कागज लिएर काठमाडौँ आएर अनुशन्धान गरिरहेको छ । तत्कालीन प्रमुख निलम्बनमा परेपछि शाखा प्रमुखको जिम्मेवारी बैंकको प्रदेश कार्यालयका कुमार उप्रेतीलाई दिइएको छ ।

लेखापरिक्षणका क्रममा कैफियत भेटिएपछी शाखा प्रमुखलाई निलम्बन गरिएको र छानविन प्रक्रिया अगाडी बढेको बैंकका केन्द्रीय प्रवक्ता हिमलाल पौड्यालले पुष्टी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.