November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

धनि बन्ने शुत्र सिकाएर साढे ६ अर्ब ठगि

काठमाडौं। क्रिप्टोकरेन्सीले पछिल्लो समय ठूलो सफलता पाइरहेको छ । अहिलेसम्म क्रिप्टोकरेन्सीको बजार १९० ट्रिलियनको भइसकेको छ । तर, क्रिप्टोकरेन्सीको यो सफलताको बीचमा एक यस्ती महिला पनि थिइन् जसले आफूलाई क्रिप्टोकरेन्सीकी महारानी भन्थिन् ।

उनले क्रिप्टोकरेन्सीको नाममा विश्वकै सबेभन्दा ठूलो ठ’गी गरिन् । उनले कूल ४ बिलियन युरो अर्थात साढे ६ अर्ब नेपाली रुपैयाँभन्दा धेरैको ठ’गी गरेकी थिइन् ।मूल रुपले बुल्गेरियाकी महिला रुजा इ’ग्नातोभा पेशाले डाक्टर थिइन् । बिटक्वाइनको सफलता देखेपछि रुजाले वनक्वाइन नामको अर्को क्रिप्टोकरेन्सी लञ्च गरेकी थिइन् ।

रुजाले एक दिन वनक्वाइन संसारकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बन्ने र मानिसहरुले यसबाट कैयौं गुणा नाफा कमाउने बताएकी थिइन् ।अमेरिकी एजेन्सीहरुका अनुसार व’नक्वाइन कम्पनीले विश्वभरीबाट ४ अर्ब युरो ठ’गी गरेको छ । यससँग सम्बन्धित केही केसको सुनुवाइ अहिले पनि चलिरहेको छ ।

एक के’समा फ्लोरिडाका डेभिड पाइकले आफ्नो अपराध स्वीकार गरेका छन् । ६१ वर्षका डे’भिड पाइकले मंगलबार म्या’हट्टन संघीय अदालतमा भएको सुनुवाइमा धैंक घो’टालाको ष’ड्यन्त्रको आरोप स्वीकार गरेका हुन् ।२०१६ मा वनक्वाइनका विषयमा रुजा इग्नातोभाले लण्डनदेखि दुबइसमेत कैयौं देशमा सेमिनार गरेकी थिइन् ।

हरेक सेमिनारमा उनी वनक्वाइनले बि’टक्वाइनलाई उछिन्ने दावी गर्थिन् । बीबीसीका अनुसार अगष्ट २०१४ देखि मार्च २०१७ को बीचमा विश्वभरका कैयौं देशहरुबाट वनक्वाइनमा ४ बिलियर युरो लगानी भइसकेको थियो ।रुजा लगातार सेमिनार गरिरहेकी थिइन् र लगानीको गति पनि बढिरहेको थियो ।

सबैभन्दा खास कुरा त के भने मानिसहरुले केवल रुजाको कुरा प’त्याएर लगानी गरिरहेका थिए । अन्यथा वनक्वाइनसँग त्यो ब्ल’कचेन प्रविधि नै थिएन जसमा बि’टक्वाइनजस्ता क्रि’प्टोकरेन्सीले काम गर्छन् । रुजाले वनक्वाइनलाई ब्ल’कचेनसँग जोड्ने कोसिस गरिन् तर उनी असफल भइन् ।

वनक्वाइनको सबेभन्दा सानो प्याकेज १४० युरोको थियो र सबैभन्दा ठूलो प्याकेज १ लाख १८ हजार युरोको थियो । मानिसहरुसँग ए’क्सचेन्ज खोल्ने दप्रतिबद्धता गरिएको थियो जसबाट उनीहरुले भविष्यमा आफ्नो वनक्वाइनलाई डलर वा युरोमा बदल्न सक्थे ।

मानिसहरुले यही एक्सचेन्जको प्रतिक्षा गरिरहेका थिए किनकि उनीहरुको पैसा वनक्वाइनको साइटमा कैयौं गुणा बढिरहेको थियो ।बीबीसीको रिपोर्टअनुसार वनक्वाइनमा अगष्ट २०१४ देखि मार्च २०१७ सम्म २ अर्ब युरो लगानी भएको थियो । केही मानिसहरु भने वनक्वाइनमा १५ अर्ब युरोभन्दा धेरै लगानी भएको हुन सक्ने मान्छन् ।

यही बीचमा क्रि’प्टोकरेन्सीका समर्थकहरु वनक्वाइनका लगानीकर्ताहरुको सम्पर्कमा आउन थाले र ती लगानीकर्तालाई वनक्वाइनको वास्तविकता बताउन थाले ।जतिबेला वनक्वाइनका लगानीकर्ताले वास्तविकता थाहा पाएकै थिउनन् त्यतिबेला रुजा आफ्नो कमाइबाट नयाँ नयाँ सम्पत्तिहरु किनिरहेकी थिइन् ।

उनले बुल्गेरियाको राजधानी सोफिया र ब्ल्या’क सीको किनारामा रहेको सहर सोजोपोलमा लाखौं डलरको सम्पत्ति किनिन् । रुजा अक्टोबर २०१७ मा पोर्चुगलको लिस्बनमा एक कार्यक्रममा आउनुपर्ने थियो ।तर, रुजा आजसम्म पनि लिस्बन पुगेकी छैनन् । उनी बेपत्ता भएकी छिन् ।

उनीसँगै त्यो क्रिप्टोकरेन्सी पनि गायब भएको छ जसले हजारौं लाखौं लगानीकर्तालाई रातारात धनी बन्ने सपना देखाएको थियो । यसको जाँच अहिले पनि चलिरहेको छ तर अहिलेसम्म रुजाको बारेमा कुनै जानकारी छैन । अहिले कसैले रुजा मरिसकेको भन्छन्, केहीले उनी कहीँ लुकेर बसेकी छिन् भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.