December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

शरदको अंगालोमा बेरिएर इन्दिराले भनिन्, ‘तिम्रो अँगालो मेरो घर’

काठमाडौ । गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो प्रेम सार्वजनिक गरेकी थिइन् । त्यती बेला आफ्नो प्रेमी नखुलाएकी इन्दिराले एकै पटक सबैलाई सरप्राइज दिइन् । प्रेमी शरद केडियाले उनलाई हेलिकप्टरमा खुम्बु पुगेर बिहेको प्रस्ताब राखेको तस्बिर सार्वजनिक गरिन् ।

फरक कार्यक्रमका लागि हेलिकप्टर चार्टरमा पुगेका उनीहरुले त्यो अवसर सदुपयोग गरेका थिए । हेलिकप्टर अगाडी प्रेम प्रस्ताव राखेका केडियालाई इन्दिराले पनि सहर्ष भावी पतिका रुपमा स्वीकार गरिन् । ३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । उनीहरुले बिहेको तयारी नभएपनि इन्गेजमेन्टका लागि भने कुराकानी भैरहेको बताएका छन् ।

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्। इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।

उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली।।बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.