November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अब प्रहरीका हाकिमले तल्लो तहकाहरुलाई ‘तँ’ भन्न नपाउने

काठमाडौ । प्रहरी संगठनमा आफुभन्दा तल्लो तहको ब्यक्तिलाई ‘तँ’ सम्बोधन गर्ने प्रचलन छ । अब भने हाकीमहरुले जुनियर प्रहरीलाई ‘तँ’ भन्न पाउने छैनन् । तल्लो तहकालाई पनि सम्मानार्थी शब्द तपाई प्रयोग गर्नुपर्नेछ । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी, स श स्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्र बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले एक कार्यक्रमकाबीच संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न निर्देशन दिए पछि प्रहरी संगठनले उनको निर्देशनलाई पालना गर्ने भएको छ । गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने बताएका छन् ।

‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने, ‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् । कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.