December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

के हो प्याडल सिफ्ट प्रविधि ? यसरी गर्छ काम

काठमाडौं । प्रिमियम कारमा प्रयोग हुने प्याडल सिफ्ट गियर परिवर्तन गर्न प्रयोग गरिने लिभरको विकशीत रुप हो । यसको प्रयोग फर्मूला वान रेसिङ ट्रयाकमा गुडाइने गाडीहरुमा धेरै पहिलादेखि हुँदै आएको थियो । अहिले प्रिमियम कार निर्माता कम्पनीहरु आफ्नो अटोमेटिक गाडीमा प्याडल सिफ्टको प्रयोग गर्न थालेका छन् ।

अटोमेटिक म्यानुअल ट्रासमिसन (एएमटी) जडान भएका गाडीहरुमा म्यानुयल गियर सिफ्ट गर्न गियर लिभरमा नै यस्तो अप्सन पाउन सकिन्छ । तर, आधुनिक अटोमेटीक कारमा म्यानुयल चलाउन मिल्नेगरि गियर लिभर दिने गरिदैन ।

त्यस्तै काम गर्नेगरी प्याडल सिफ्ट प्रविधिको विकास भएको हो । नेपाल तथा भारतमा विक्री हुने एसयूभीहरुमा पनि यो टेक्नलोजीको प्रयोग भएको छ । चालकहरुलाई एसयूभी चलाउदा स्पोर्टी फिल गराउने उद्देश्यले यसको प्रयोग गरिएको हुन्छ ।

यस्ता गाडी अटोमेटीक गियरमा नचलाई आफ्नो हिसावले गियर सिफ्ट गर्दै गाडी चलाउनुको अनुभव लिन सकिन्छ । प्याडल फ्टिर चालकले स्टेरिङबाट आफ्नो हात नहटाई चलाउन सक्नेगरि दिइएको हुन्छ ।

कारको स्टेरिङ ह्वीलको दाहिने र देब्रे दुबै साइडको मुनि प्याडल दिएको हुन्छ । दुईतर्फ मध्ये एकातर्फ प्लस (गियर थप गर्ने) र अर्को तर्फ माइनस (गियर घटाउने) अप्सन दिइएको हुन्छ । प्याडल सिफ्टरको प्रयोग गर्दा केही मिलिसेकेन्डमा नै गियर सिफ्ट हुने भएकोले चालकलाई गाडी चलाउन रमाइलो अनुभव हुने गर्छ । यसको प्रयोगले गाडीको पफर्मेन्स पनि बढ्छ ।

नेपालमा प्याडल सिफ्ट प्रविधि भएको सबैभन्दा कम मूल्यको एसयूभी कोना इलेक्ट्रीक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.