November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

आर्यनसंग ड्रगका बारेमा च्याटमा कुरा गर्ने नायीकाको नाम खुल्यो, आफ्ना बुवासंग पुगीन् एनसीबी कार्यालय

एजेन्सी । शाहरुख खानका छोरा आर्यन खान ड्रग घटनामा पक्राउ परेको घटनाले नयाँ रुप लिएको छ । आर्यनसंग ड्रगका विषयमा कुराकानी भएको च्याट एनसीबीले थाहा पाएपछि एक नबोदित नायीका पनि एनसीबी कार्यालय पुगेकी छन् । सन् २०१९ मा बलिउडमा डेब्यू गरेकी स्टार किड अभिनेत्री अनन्या पाण्डे एनसीबी को कार्यालयमा पुगेकी छन् ।

ड्रग घटनामा पक्राउ परेका बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको पछिल्लो घटनामा आएको नयाँ रिर्पोटसँगै अनन्यालाई एनसीबीले बिहीबार बयानका लागि बोलाएको थियो । एनसीबीको पत्रपछि अनन्या बुबा चंकी पाण्डेसँग एनसीबीको कार्यालय पुगेकी हुन् ।

बुधबार आर्यनको छैटौँपटक सुनुवाइ सुरु हुन केही घण्टाअघि मात्रै आर्यनको बलिउडकी एकजना डेब्यू अभिनेत्रीसँग ह्वाट्स एपमा ड्रगका बारेमा च्याट भएकोबारे एनसबीले सार्वजनिक गरेको थियो ।

एनसीबीको कार्यलय पुगेको अभिनेता चंकी पाण्डेले आफ्नो तर्फबाट कानुनलाई पूर्ण सहयोग गर्ने बताएका छन् । एनसीबीले भने अनन्यालाई केही सोधपुछ गर्न बोलाउँदैमा उनी दो षी हुन भन्न नमिल्ने बयान दिएको छ । अनन्यासँग अहिले सोधपुछ जारी छ । यता न्यायिक हिरासतमा रहेका आर्यनको बेलको सुनुवाइ अब २६ अक्टोबरमा हुँदैछ । नवभारत टाइम्सबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.