November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

पहिरो क्षेत्रमा नपुगी आकाशबाटै जनताका दुख हेरेर फर्किए प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा पहिरो क्षेत्रमा नपुगी बिचवाटोवाटै फर्किएका छन् । बाढी र पहिरोबाट भएको क्षतिबारे बुझ्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आकाशबाटै पहिरो क्षेत्रको अवलोकन गरेका छन् । उनी आकासवाटै जनताको दुख हेरेर फर्किएका छन् ।

पहिरोबाट भएको क्षति अवस्था जानकारी लिन बझाङ पुगेका देउवा पहिरोस्थल नपुगी हेलिकोप्टरबाटै हेरेर फर्किएका हुन् । देउवा डोटी हुँदै बझाङ पुगेका थिए । कार्यतालिकाअनुसार उनी बझाङको थलारा गाउँपालिका–४ स्थित पहिरो प्रभावित क्षेत्र पनि राखिएको थियो । तर उनी सो क्षेत्रमा पुगेनन् । प्रधानमन्त्री देउवा प्रभावित क्षेत्रमा नपुगी फर्कन बाध्य बनेका हुन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेको जानकारी दिए । निकै कोसिस हुँदासमेत अवतरण असफल भएको उनको भनाइ छ । बझाङमा अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवा पहिरो प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अवलोकन गरेर बैतडीतर्फ लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.