November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सोलुखुम्बुबाट परिणीतिले लेखिन यस्तो स्टाटस-

काठमाडौं– फिल्म ‘उचाइ’को लागि नेपाल आएकी बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला सोलुखुम्बुको सेरोफेरोमा छिन् । उनी नेपाल आएदेखि नै दैनिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

उनले मंगलबार पहाडी भूभागमा ध्यान गरिरहेको तस्वीर इन्स्टाग्राम र ट्वीटर एकाउण्टमा शेयर गरेकी छन् । तस्वीरमा बादलले ढाकिएको पहाड र सूर्यको किरणलाई देख्न सकिन्छ । प्रकृतिको सुन्दरतामा परिणीति निकै गरम पहिरन लगाएर ढुंगामाथि बसेर ध्यान गरिरहेकी छन् ।

‘दैनिक ध्यान, मेरो राज’, उनले लेखेकी छन् ।यसअघि परिणीतिले नेपालको गाउँका बच्चासँग फूटबल खेलिरहेको भिडियो शेयर गरेकी थिइन् । ‘समुन्द्र सतहबाट ११ हजार फिट उचाईंमा बालिकाहरुसँग फूटबल । मेरो लागि जिन्दगीको मतलब नै सानो सानो खुशीको पलसँगको सम्बन्ध’, उनले लेखेकी थिइन् ।

परिणीतिले नेपाल आएर विभिन्न प्राकृतिक सुन्दरतासँगको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेपछि उनकी दिदी प्रियंका चोपडा पनि प्रभावित छिन् ।फिल्म ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी, नीना गुप्ता र अमिताभ बच्चनको पनि अभिनय छ ।

फिल्मको हाल लुक्ला, नाम्चे, मनाङलगायतका रमणीय स्थानमा छायांकन भइरहेको छ । बलिउडको प्रख्यात ब्यानर राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्ममा सुरज बडजात्याको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.