November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

आर्यनले बुधवार पनि पाएनन् जमानत, अदालत अगाडी बबाल

एजेन्सी । मुम्बई क्रुज ड्रग पार्टी घटनामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिका बुधवार पनि खारेज भएको छ। अक्टोबर १४ मा सत्र अदालतमा न्यायाधीशले वकिलहरुको तर्क सुनेपछि फैसला सुरक्षित राखेका थिए। पछिल्लो सुनुवाईको क्रममा एनसीबीले अदालतलाई भनेको थियो कि आर्यन खान २० बर्षको उमेरदेखि ड्रग को प्रयोग गर्दै आएका छन्।

एनसीबीले भन्यो कि आर्यन को अन्तर्राष्ट्रिय औषधि बिक्रेता संग स म्ब न्ध छ। शाहरुख खानका फ्यानहरु अदालत बाहिर जम्मा भएका छन् र आर्यन खानको जमानतको माग गरिरहेका छन्।

आर्यनको जमानत याचिका खारेज भएको सूचनाले अदालत बाहिर जम्मा भएका शाहरुख खानका फ्यानले बबाल गरेका छन् । उनीहरुले नारावाजी गरेका छन् । अब आर्यन खान को जमानत याचिका बम्बई उच्च अदालत मा दायर गरिनेछ। आर्यनका वकिलले पहिले नै जमानत नपाएको अवस्थामा भनेका थिए(हामी उच्च अदालतमा जान तयार छौं।

आर्यनको जमानत याचिका खारेज भएपछि एनसीबी अधिकारी समीर वानखेडेले भने कि विजय सधैं सत्यको हुन्छ ( सत्यमेव जयते। आर्यन खानको जमानत याचिका चौथो पटक अस्वीकृत भएको छ। आर्यन संगै अरबाज मर्चेन्ट र मुनमुन धामेचा को जमानत निवेदन खारेज भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.