November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

छोरालाई छुटाउन शाहरुखले प्रयोग गर्दैछन् यस्तो अन्तिम अस्त्र, बनाए नयाँ टिम

एजेन्सी । हाई प्रोफाइल क्रुज ड्रग पार्टी घटनामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन् । जति प्रयास गरे पनि उनलाई हालसम्म जमानत मिलेको छैन । यद्यपि शाहरुख र उनकी पत्नी गौरी आर्यनलाई जेलबाट रिहा गर्नका लागि कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुले निकै उत्कृृष्ठ कानुनविद् हायर गरेका छन् । सलमान खानलाई जेलवाट निकाल्ने अधिवक्ता पनि शाहरुखले हायर गरेका छन् ।

आर्यन घटनाका कारण शाहरुखको फ्यानको आकर्षण बनिरहेको उनको घर मन्नत वरपर सन्नाटा छाएको छ । किनकी यो घटनाका कारण शाहरुखका फ्यान पनि दुःखी छन् । शाहरुखले मन्नतमा अब कसैलाई नआउनु भनेका छन् । गौरीले पनि नवदुर्गामा छोराका लागि विशेष भाकल पुजा गरेकी थिइन् ।

गत अक्टोबर १४ मा सेशन्स कोर्टमा आर्यनको जमानत निवेदनमा सुनुवाई भएको थियो । जसमा कोर्टले एनसीबी र आर्यनको वकीलको बयान सुनेपछि फैसला सुरक्षित राख्दै अक्टोबर २० लाई अर्थात बुधबारलाई अन्तिम निर्णय सुनाउने उल्लेख गरेको छ ।

शाहरुख छोराको मामलामा कुनै कुराको कमी हुन नदिने मनस्थितिमा पुगेका छन् । त्यसकारण उनी आफ्नो पहलमा स्पेशल लिगल टिम बनाएर आर्यनलाई छुटाउन पूर्ण रुपमा तयारी अवस्थामा छन् । शाहरुख बुधबारको सुनुवाईको प्रतिक्षामा छन् । शाहरुखले आफ्नो विशेष लिगल टिममा दिग्गज कानून व्यवसायीहरुलाई समेटेका छन् ।

शाहरुखका एक नजिकका साथीका अनुसार यो टिमले आर्यनलाई जमानतबाट छुटाउने प्रयास गर्नेमात्र होइन, अन्य केही काम गर्ने पनि योजना बनाएको छ । वास्तवमा भन्ने हो भने शाहरुखले कहिल्यै पनि आफूलाई यति विवस र हारेको महशुस गरेका थिएनन् । शाहरुख र गौरीको लागि अहिलेको अवस्था निकै चुनौती र अन्यौलपूर्ण छ । एकदिन आर्यन उनीहरुको साथमा थिए । फेरि अचानक एकदिन एनसीबीको नियम तो डे को आरोपमा जेलमा छन् । यो कुराले उनीहरुलाई दुःखी बनाएको छ’,ती साथीले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.