November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

महाकाली नदीको टापुमा पाँच जना फसे, उद्धार गर्न पनि सकिएन

काठमाडौ । लगातार आएको वर्षाका कारण महाकाली नदीको बहाव बढेको छ । नदी गाउँतिर पसेको छ । यसैबीच महाकालीको बिच टापुमा पाँच जना फसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ खल्ला मसेट्टीमा महाकाली नदीको टापुमा ५ जना फसेको खबर आएको प्रहरीले जनाएको छ ।

कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीको बहाव बढेपछि उतै थुनिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएको उनले बताए ।

स्थानीयका अनुसार उनीहरूलाई सहजै उद्धार गर्न सकिने अवस्था पनि नभएकाले उनीहरु जोखिममा परेका छन् । उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको डिएसपी न्यौपानेले बताए । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ ।

महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्ने क्रम जारी रहेकाले खतरा बढ्दै गएको छ । सोमबार बिहान महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक मापन गरिएको छ जुन यो वर्षकै सबैभन्दा बढी हो ।

२०७० को बाढीमा महाकालीमा पानीको बहाव ५ लाख ३५ हजार क्युसेक मापन गरिएको थियो । त्यति बेला बाढीले ठूलो क्षति पुर्‍याएको थियो । नदीमा बहाव बढेपछि सोमबार साँझदेखि नै ठूला सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.