December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

दसैंमा तलब पनि पाएनन्, यस्ता ७ बुँदे माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

काठमाडौ। लामो समय देखि आफुहरुले राख्दै आएको माग प्रति सुनुवाई नभएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवार पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । कर्मचारीहरुले यस अघि नै तलव वृद्धि, पोषाक, नास्ता, भत्तालगायतका विभिन्न सात बुँदे माग सार्वजनिक गरेका थिए । अस्पताल प्रशासनले माग सुनुवाई नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त नेतृत्वमा मंगलवारदेखि कर्मचारीहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले जानकारी दिए । आन्दोलनबारे जानकारी दिन सोमवार आयोजना गरिएको पत्रकारसम्मेलनमा संयोजक खड्काले माग सम्वोधन नभए मंगलवार प्रशासनिक कार्यालयहरुमा तालाबन्दी गरिने समेत बताए ।

यस्तै बुधवार आपतकालिन सेवा बाहेकका कार्यहरु बन्द गरिने र आफ्ना माग अझै पनि सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम गर्ने बताइएको छ । पहिलेदेखि हाम्रो मागको वास्ता नगरि अस्पताल व्यवस्थापन समितिले आफु खुसी गर्दै आएको प्रति आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन केन्द्रिय कमिटीका सह संयोजक कुस्माखर बस्यालले बताए । अस्पताल व्यवस्थापनले कोरोना जोखिम भत्ता र दशैंमा समेत तलब नदिएको बस्यालले जानकारी दिए । दसैं भत्ता दिनुपर्ने अस्पताल प्रशासनले काम गरेको तलब पनि नदिएको उनको भनाई थियो ।

यता अस्पताल प्रशासनले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने जनाएको छ । मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले कर्मचारीका माग जायज भएपनि तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.