November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

माधव नेपालको पार्टीमा पनि सुरु भयो भाँडभैलो, पराजुलीले फेसवुकमै यस्तो लेखे

काठमाडौ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा विवाद सुरु भएको छ । केन्द्रीय सदस्य छनौटका क्रममा विवाद भएको हो । कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले सामाजिक सञ्जालमै सार्वजनिक प्रतिकृया दिएका छन् । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको आरोप केही नेताहरुको छ । खासगरी पार्टीका युवा तथा विद्यार्थी नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै नेतृत्वलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल, सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ? ’

त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि र मापदण्डको मुहार र आफ्नो मुहार एकचोटी हेर्न अनुरोध गर्दछु’, पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका छन् । ‘प्रचारमा युवा मैत्री तर पार्टी संरचनारव्यवहारमा शून्यता म, मेरो, निजीलाई प्राथमिकता । कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ,’ पराजुलीले भनेका छन् ।

सो पार्टीका महासचिव डा। बेदुराम भुसाललगायतका नेताको टोलीले निर्वाचन आयोगमा सनाखत गरेबाहेक दुई सय केन्द्रीय सदस्य थप गरे पछि विवाद बढेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा त्यसलाई सच्याउँदै जाने बताए । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक र स्थायी समिति बैठकले गरेका निर्णयसहित केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनसहितको अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.