November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

फेरी आर्को भयाकन दुर्घटना : सुर्खेतको लादेमा बस पल्टियो, २ जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ लादेमा भएको यात्रुबहाक सवारी दुर्घटनामा परेर अहिलेसम्म २ जनाको मृत्यु भएको छ । उद्धार कार्य जारी भएकोले अहिलेसम्म २ जना यात्रुको शव फेला परेको उद्धारकर्ताहरुले बताएका छन् ।

दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी केहीबेर अगाडि दुर्घटनामा परेको थियो । केही घाइतेहरुलाई सशस्त्र प्रहरीले उद्धार गरेर वीरेन्द्रनगरका अस्पतालमा उद्धारका लागि पठाएको छ । अहिले पनि उद्धार कार्य जारी रहेकोले थप जानकारी आउँन बाँकी रहेको छ ।

त्यस्तै, मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठ’क्क’र दिँ’दा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठ’क्क’र दिएको थियो । बसको ठ’क्क’र मोटरसाइकलमा सवारमा हेटौंडा–१५ प्रनेस बस्ने १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.