November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

‘राजेश हमालको अभिनय मापन गर्ने अधिकार निश्चल बस्नेतलाई छैन’

निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् ।सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अ’श्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् ।

को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् ।‘अ’श्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’ उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ ।

धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन समेत भनेका छन् ।निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा

दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए ।‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दु’श्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.