November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सर्वोच्च अदालतको आदेशपछि अधिकारकर्मी रुवी खान रिहा, पुनः पक्राउ नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि महिला अधिकारकर्मी रुवी खानलाई प्रहरीले रिहा गरेको छ ।

गत शुक्रबार प्रहरीले नियन्त्रणमा लिएकी खानलाई रिहा गर्न माग गर्दे अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न र रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको थियो । बाँकेमा २ महिलाको मृत्युको विषयमा न्याय खोज्न नेपालगञ्जबाट काठमाडौंसम्म पैदल आएकी खान सहितको टोलीलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको थियो ।

तर अन्यलाई केही समय पछि रिहा गरेपनि खानलाई भने प्रहरीले रिहा गरेको थिएन । प्रहरीले खानको पुरानो मुद्दामा पक्राउ गरेको जनाउदै आएको थियो । उहाँलाई बहुविवाहको मुद्धामा नियन्त्रणमा लिएको प्रहरीको दावी थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.