November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

काँग्रेस नेतालाई आफ्नै भाइले घाँटी रे’टेर ह’त्या ग’रेको खुलासा

रोल्पामा भाइले दाइको घाँ’टी रे’टी ह’त्या ग’रे’का छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको ह’त्या ग’रेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।

“हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर ह’त्या ग’र्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार अमराज आफैँले गरेको स्वीकारी सकेका छन् । प्रनाउ सुवेदीले भन्नुभयो, “राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको ह’ त्या ग’रेको प्रहरी जानकारी दिएको छ ।”

पारिवारिक विवादका कारण ह’त्या ग’रे’कोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा ह’त्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने प्रनाउ सुवेदीले बताउनुभयो । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएकोसमेत स्थानीयवासीले बताएका छन् । मृतककी श्रीमतीको पहिले नै मृ’त्यु भइसकेको छ । दुई छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएको बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.