December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

निकै दुखद समयबाट गुज्रिरहेको अनितामा आयो यति धेरै परिबर्तन , भगवान् जस्ता श्रीमान बिनोदले दशै मनाउन अनितालाई अस्पतालबाट यसरी लगे घर, हेर्नुहोस

1 min read

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे’ ल भईसकेपछि निकै नि दुखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अभावले गर्दा रोकिरहन्छ । भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ । अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ । उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ । उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका छन् । दशै जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.