November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

इश्वर पोखरेल अब एमाले महासचिव नबन्ने !

काठमाडौ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अब आफु एमालेको महासचिव नबन्ने घोषणा गरेका छन् । आगामी महाधिवेशनमा अब आफु महासचिवको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यस अघि दुई पटक महासचिव भैसकेकाले अब आफ्नो लक्ष्य अर्कै रहेको उनकोभ भनाई छ । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।

‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलले भने । उनले अब आफुले पार्टीमा के भूमिका निभाउने भन्ने कुरा पार्टीले निर्धारण गर्ने बताएका छन् ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर प्रश्न गरेका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अदालतले राजनीति गर्न नहुने टिप्पणी गरे ।

जहाँसम्म सम्मानित सर्वोच्च अदालतको कुरा हो, हामी यसलाई यही हिसाबले सम्बोधन गर्छौ । अदालतले राजनीति गर्ने होइन अदालत अदालत जस्तै हुनुपर्यो । अदालत संविधानअनुरुप र राजनीतिक दलसम्बन्धी कानुनलाई हेक्का राखेर चल्नुपर्यो । तर त्यस्तो भइरहेको छ कि छैन तपाईहरु आफै हेर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.