November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

देउवा सरकार बन्न सकेन ‘समावेशी’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ ।

सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस÷आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने खसआर्य समुदायको ४४ प्रतिशत सहभागिता छ ।

खसरआर्य समुदायबाट ११ जना , महिला : ६ जना, मधेसी : ४ जना, आदिवासी जनजाति :८ जना , दलित : १ जना , मुस्लिम : छैन, अल्पसंख्यक : छैन यो समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.