December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

माधव नेपालको पार्टीमा अर्को पार्टी पनि गाभिने, चुनाव चिन्ह फेरेर यस्तो राख्यो

काठमाडौ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)कोे चुनाव चिन्ह फेरिएको छ । निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा सो पार्टीले चुनाव चिन्ह किताब राखेको थियो । तर विहिवार बसेको बैठकले पार्टीको चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ ।

स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।

यसैबीच नेकपा (एस)ले पार्टीको केन्द्रीय कार्यालय र केन्द्रीय सचिवालयको टुंगो लगाएको हो । केन्द्रीय सचिवालय महासचिव बेदुराम भुसालको नेतृत्वमा ११ सदस्यीय हुनेछ । केन्द्रीय कार्यालयमा पनि महासचिव भुसालको नेतृत्वमा ५ जनाको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.