November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अर्काको मात्र हैन आफ्नै देशका राष्ट्र प्रमुखले आफ्नो काम आफै गरेको यो तस्विर सबैमा साझा गरौँ,राष्ट्रपति भण्डारीलाई सलाम

काठमाडौ । हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अर्काको राम्रो देख्छौ आफ्नो चै नराम्रो खोजी, खोजी लेख्छौँ । बेलायतका प्रधानमन्त्री फूटपाथमा भेटिए भनेर हेडलाईन न्यूज बन्छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा कार्यालय जान्छन् भनेर भन्छौ । अमेरीकी राष्ट्रपतिले आफै छाता ओढे भनेर मात्रै प्रचार नगरौ हाम्रो राष्ट्रपतिलाई पनि हेरौ ।

केही समय अघि छाता ओढाएको खबर र पोष्ट निक्कै थिए । त्यसरी नै यो तस्विरलाई पोष्ट गरौँ न । हाम्रो राष्ट्र प्रमुखपनि आफ्नो काम आफै गर्नुहुन्छ ।

सकारात्मक सोचको विकास गरौ । सकारात्मक सोचको सन्देश र उर्जा सदैव बाँडौँ । यो सामाग्री एक अर्कामा साझा गरौँ ।

विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी (जन्मः २०१८ असार ५) नेपालको वर्तमान राष्ट्रपति तथा प्रथम महिला राष्ट्रपति हुनुहुन्छ । गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उहाँ एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । नेकपा एमालेमा रही सकृय राजनीति गर्ने उहाँ नेपालको जनसङ्ख्या तथा वातावरण र रक्षामन्त्री समेत भइसक्नुभएको छ । उहाँलाई विश्व प्रसिद्ध पत्रीका फोर्ब्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औं स्थानमा सूचिकृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.