November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

जसपाको भागमा भौतिक पूर्वाधारसहित यी चार वटा मन्त्रालय

काठमाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ । मङ्गलवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औंपचारिक जानकारी गराएका हुन् ।

सत्तारुढ गठबन्धन दलको बैठक मङ्गलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टु’ङ्गो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ । नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भा’गब’ण्डा गरेको छ । त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो । हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो । त्यो चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.