November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

‘आर्यनलाई ड्र’ग्स बेच्न जरुरी छैन, उसले पूरा जहाज नै किन्न सक्छ’

एजेन्सी । शाहरुख खानका छोरा आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को नियन्त्रणमा छन् । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शीपमा हुने ड्र’ग्स पा’र्टीमा छा’पा मारेर एनसीबीले आर्यनलाई पक्राउ गरेको थियो । आर्यन खानलाई पक्राउ गरेपछि उनलाई घण्टौंसम्म सोधपुछ भयो, त्यसपछि एनसीबीका अधिकारीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

आइतबार आर्यन र पक्राउ परेका अन्य दुई अरबाज मर्चेन्च र मुनमुन धमेचालाई अदालतमा पेश गरिएको थियो । अदालतबाट सबैलाई एकदिनको कस्टडीमा राख्न दिइएको थियो । सोमबार पुनः आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई किला कोर्टमा पेश गरियो र तीनैजनालाई ७ अक्टोबरसम्म हिरासतमा राख्न निर्णय सुनाइयो ।

सतिश मानशिन्देको यो बयानः

आर्यन खान अदालतमा पेश हुँदा एनसीबी र आर्यनका वकिल सतिश मानशिन्देबीच लामो बहस चल्यो । एनसीबीले आर्यन खानमाथि आरोप लगाउँदै उनको फोनबाट आपत्तिजनक चिज र ड्र’ग्स च्या’ट भेटिएको बताएको छ । यता स्टार किडका वकिल सतिश मानशिन्देले जवाफमा एक पछि अर्को गर्दै जवाफ पेश गरे ।

आफ्नो पेशीका बेला सतिश मानशिन्देले एनसीबीलाई कडा जवाफ फर्काएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अदालतका मजिस्ट्रेटले एनसीबीबाट आर्यनलाई कस्टडीमा लिएर प्रश्न सोधेको थियो । यसबारे एनसीबीले भनेको थियो, ‘आर्यन खानलाई हिरासतमा लिन यसकारण लिन आवश्यक छ किनभने उनलाई पार्टीमा किन बोलाइएको थियो र उनी कुन क्याबिनमा बसेका थिए भन्नेबारे हामीलाई पत्ता लगाउनु छ ।’

एनसीबीको यो कुराको जवाफ दिँदै सतिश मानशिन्देले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन । उनी जहाजमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहेको खण्डमा पूरा जहाजलाई खरिद गर्न सक्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.