November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

यसरी निकालिँदैछ घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाज, ८० जना नेपालगन्ज उड्नै लाग्दा भएको थियो घटना (भिडियो सहित)

काठमाडौ । मंगलवार विहान काठमाडौवाट नेपालगन्ज उडान गर्ने लाग्दा पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा ध’सिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

सुरक्षाकर्मी र विमानस्थलका कर्मचारी मिलेर निकाल्ने प्रयास गरिएको हो । विमानको पाङ्ग्रा गएर भुइँमा धसिएको छ । जमिन खनेर पाङ्ग्रा निकाल्ने प्रयास गरिएको छ । विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी ध’सिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयास गरेको तस्बिरमा देख्न सकिन्छ ।

नाइन एन एएनएफ कलसाइनको क्यू ४००(८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा थियो । सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो ।

 

विमानमा चालक दलका ४ सहित ८० जना यात्रु थिए । विमानमा समस्या आएपछि यात्रुलाई अर्को जहाजमा नेपालगन्ज पठाउन लागिएको छ । जहाजमा कुनै क्षति भएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.