December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

Breaking : फुटबलमा नेपालले २२ बर्षपछि इतिहास रच्यो, स्तब्ध बनाउँदै श्रीलंकालाई हरायो

काठमाडौ । नेपाली फुटबल टोलीले २२ बर्षपछि इतिहास रचेको छ । साफ च्याम्पियनसिप (२०२१) १३औं संस्करणको प्रतियोगितामा श्रीलंकालाई २२ बर्षपछि हराउँदै इतिहास रचेको हो ।

बेलुका ९ः४५ देखि माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले ३–१ ले हरायो । खेलको ३३ मिनेटमा सुमन लामाले गोल गर्दै देशलाई अग्रता दिलाए ।

फेरी ५१ मिनेटमा अञ्जान बिष्टले अर्को गोल थप्दै देशलाई जित तर्फ अघि बढाए । श्रीलंका मार्विन हैमिल्टनले ५७ मिनेटमा गोल गरेर सान्त्वना बढाए ।

८६ मिनेटमा नेपालका आयुष घलानले फेरी गोल गरेर देशलाई जित दिलाए । ९० मिनेटमा पेनाल्टीबाट श्रीलंकाका डिलन डी सिल्वाले फेरी अर्को गोल हानेर खेललाई फर्काउने कोसिस गरेका थिए । तर त्यो असफल भयो । नेपालले श्रीलंकलाई समेत जितेर उपाधिको दावेदार प्रस्तुत गरेको छ । श्रीलंकन फुटबल टिम पछिल्ला वर्ष खराब नतिजाबाट गुज्रिरहेको छ।

यही मौकामा नेपालले श्रीलंकालाई सजिलै हराएको छ । सन् २०२१ मा खेलेका सबै खेलमा पराजित भएको श्रीलंका फिफा वरीयतामा पनि खस्कदो अवस्थामा छ।

श्रीलंका विश्व वरीयतामा २०५औं स्थानमा रहेको छ। एसियाली देश र दक्षिण एसियाली देशको वरीयतामा श्रीलंका पुछारमा रहेको छ।

शुक्रबारबाट सुरू भएको १३औं संस्करणको साफमा पनि श्रीलंकाको सुरूवात सुखद् रहेन। पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० पराजित गर्‍यो।

पछिल्ला वर्षमा खराब अवस्थमा रहेको श्रीलंकाको नेपाली फुटबल टिमविरुद्ध भने बलियो इतिहास छ। पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपालको लक्ष्य सोमबार श्रीलंकाविरुद्धको खराब इतिहासलाई सुधार गर्ने मौका बन्यो ।

सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली टिम जितका लागि मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका थिए । नभन्दै जित हात पार्यो ।

साफमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ। ती मध्ये नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा मात्र जित हात पारेको छ। साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध खेलको थियो। सो खेलमा नेपाल १–० गोलले पराजित भएको थियो।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। २२ बर्षको इतिहासपछि नेपालले फेरी हरायो । त्यो बेला भारतमा भएको खेलमा नेपाल ३–२ ले विजयी भएको थियो। सो खेलमा नेपालका लागि नरेश जोशीले ह्याट्रिक गरेका थिए। त्यसयता नेपालले साफमा श्रीलंकालाई हराउन सकेको छैन।

समग्र तथ्यांक हेर्ने हो भने नेपाल र श्रीलंकाबीच १७ भिडन्त भएको थियो। जसमा नेपाल ३ खेलमा मात्र विजयी भएको छ। ८ खेल बराबरीमा सकिँदा नेपाल ६ खेलमा पराजित भएको छ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। यो पटक नेपाल उपाधिको दावेदार देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.