December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

चौथो वर्षगाँठ मनाउनु तीन दिनअघि नै छुट्टिए, समान्थाले त्यागिन् तीन अर्ब २० करोड

1 min read

काठमाडौं । मानिसका लागि सबैभन्दा ठूलो मन हुन्छ । मनले राम्रो चाहे राम्रो हुन्छ, नराम्रो चाहे नराम्रो । तर आफ्नो वशमा कतिपय कुरा हुँदैन जसले मन दुखाउँछ ।

टलिउड अभिनेत्री समान्था अक्किनेनीको मन पनि त्यसरी नै टुक्रिएको छ । उनको चार वर्षे वैवाहिक सम्बन्ध शनिबार टुटेको छ । साउथ इन्डियाका चर्चित जोडी समान्था र नागा चैतन्यबीचको सम्बन्ध तोडिएको हो । उनीहरुले सन् २०१७ मा हिन्दू र क्रिष्टियन गरी छुट्टाछुट्टै परम्पराअनुसार बिहे गरेका थिए ।

तर चार वर्षको वर्षगाँठ मनाउनु तीन दिनअघि नै उनीहरु छुट्टिए । त्यसपछि टु-टे-की समान्थाले चैतन्यबाट प्राप्त हुने २ सय करोड भारु (तीन अर्ब २० करोड नेपाली रुपैयाँ) पनि त्यागिन् । २ अक्टुबरमा सम्बन्ध वि—च्छे—-द भएपछि गुजारा खर्च बापत चैतन्यले उनलाई २ सय करोड भारु अफर गरेका थिए ।

तर उक्त प्रस्तावलाई समान्थाले अ–स्वी—का–र गरिन् । यसअघि मिडिया रिपोर्टअनुसार उनलाई ५० लाख भारु मिल्ने बताइएको थियो । उनी आफू सक्षम भएको भन्दै कसैको सहयोगको जरुरत नभएको समान्थाले बताएकी छिन् । उनी यो सम्बन्ध विच्छेदले निकै नै दुःखी भएकी छिन् ।

उनी आफू जोडिएका कुनै पनि प्रोजेक्टमा निजी जीवनका कारण नोक्सानी नहोस् भन्ने चाहन्छिन् । उनी निकै मन पराइएकी नायिका पनि हुन् । उनी आफू पेशेवर भएको र यसलाई सधै कायम राख्ने पनि बताएकी छिन् । चैतन्यसँगको सम्बन्ध वि–च्छे—द भएपछि उनले आफ्नो थर पनि बदलेर रुथ प्रभू राखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.