November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

माइत जान हिँडेकी थिइन् रामकली..

काठमाडौ । चाड मान्न माइत जान हिँडेकी एक महिला बाटोमै मृ त फेला परेकी छन् । सल्यानकी ५४ वर्षकी महिला रामकली खत्री वाटोमै मृ त फेला परेकी हुन् । बागचौर नगरपालिका वडा नम्बर २ गैरीकी रामकली माइती जान हिँडेकी थिइन् । प्रहरीले श व फेला पारेपछि अनुसन्धान थालेको छ ।

घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा ३ जना पक्राउ परेका छन् । सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जेसिबी चालक, साहु र सहचालकलाई पक्राउ गरिएको जानकारी दिए । महिलाको शरिरमा देखिएको चो ट ले उनको वास्तविक मृत्यु नदेखिएको प्रहरीले जनाएको छ । रामकली त्यो बाटोमा हिडेको समयमा जेसिबी बाहेक अन्य कुनै सवारी साधन पनि नहिडेको अनुसन्धानवाट देखिएपछि जेसिबी चालक, मालीक र सहचालक पक्राउ परेका हुन् ।

रामकलीको कान, ढाड, हातमा गाडीले कु चेको जस्तो घाउ देखिएको डिएसपी थापाले बताए। डिएसपी थापाका अनुसार शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान्छु भनी हिँडेकी खत्रीको श व आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो। खत्री हिँडिरहेको बाटोमा उक्त दिन जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा आशंका बढेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.