December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

परदेशिएका सारा नेपालीलाई रुवाउने गीत ‘राजाको हात्ती’ आयो । दशैं, तिहार नजिकिदै गर्दा यस्तो मार्मिक कथा (भिडियो हेर्नुस)

एउटा युवा सम्पत्ति कमाउने सोचमा हुन्छ । आफ्ना बुबा आमालाई सुख दिन अनि आफ्नी श्रीमतीको नाकमा फूली, कानमा बाला, घाटीमा सुनको माला लगाइदिने विचार बोकेर विदेश हिन्न खोज्छ तव उसको मनमा एउटा हरफ फुर्छ
राजाको हात्ती फुकेछ राती तरेछ बागमती
बिरानो देशमा मै मरे भने को देला दागबत्ती….

आफ्नो घर परिवार आमा बुबा श्रीमती छोडेर धन कमाउन वैदेशिक रोजगारीमा जाने युवामा समर्पित ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक भएको छ । यस्तै समय सान्दर्भिक र मन छुने शब्द लेख्नुभएको छ गीतकार विदुर तिमल्सिनाले ।
यस गीतमा गायक दिनेश गौतम र गायिका अनु सिंहको आवाज रहेको छ भने गीतमा संगीत पुस्तक प्रसादले भर्नु भएको छ । प्रिन्स दाहालको निर्देशनमा बनेको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा मुकुन भुसाल, शारदा गिरी, सृष्टि खड्का, लोकमणी सापकोटा लगायतको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । गीत मात्रै हैन भिडियो पनि उत्तिकै मनछुने बनेको छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.