December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

पक्राउ परेका शाहरुख खानका छोरालाई अदालतले जमानत नदिने

काठमाडौं। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार बेलुका मुम्बइमा एक लग्जरी क्रुज जहाजमा छापा मारेको थियो । यो क्रुज शिपमा ड्र’ग्स पार्टी चलिरहेको थियो । यहाँबाट एनसीबीले ८ जनालाई हिरासतमा लिएको थियो ।

एनसीबी सूत्रले नवभारत टाइम्स अनलाइनलाई बताएअनुसार नारकोटिक्स कन्ट्रोल ब्युरोले शाहरुख खानका छोरा आर्यन खानविरुद्ध केस दर्ता गरेको थियो । यद्यपि एनसीबीले आधिकारिक रुपमा यसको पुष्टि गर्न बाँकी छ । हिरासतमा लिएर सोधपुछ भइरहेका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छ । ला’गूऔ’षध मुद्दामा पक्राउ परेका बलिउड नायक शाहरुख खानका छोरा आर्यनसहित तीन जनाको रात हिरासतमा बितेको छ।

मुम्बईको अदालतले आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अस्वीकार गरेपछि उनीहरू हिरासतमै बस्नु परेकाे हाे । अदालतले अर्यालसहित तीनै जनालाई एक दिन हिरासतमा राख्न नारकोर्टिक कन्ट्रोल ब्यूरो (एनसीबी) लाई अनुमति दिएको थियो।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रूजमा आयोजित ड्र’ग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनसहित आठ जनालाई आइतबार हिरासतमा लिएको थियो। आठमध्ये तीन जनालाई एनसीबीले सोधपुछ अदालतमा पेस गरेको थियो।

अदालतको अनुमतिपछि तीनै जनालाई एनसीबीले आफ्नो हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतीश मानेशिंदेले जमानत माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.