November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

७० वर्षे उमेर हदले ओली फेरी अध्यक्ष बन्न पाउलान् ? यस्तो छ ब्यवस्था

काठमाडौ । नेकपा एमालेले पार्टीमा ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले यस्तो ब्यवस्था गरेको छ । त्यस्तै एक ब्यक्ति दुई पटक भन्दा बढी सोही पदमा उम्मेदवार पनि हुन नपाउने ब्यवस्था गरिएको छ ।

पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव वषणु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।

७० वर्षको उमेर हदले ओलीलाई अध्यक्षको दोस्रो कार्यकाल पनि पूरा गर्न भने रोक्ने छैन । ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले उमेर हद उम्मेदवार बन्ने क्रममा लाग्ने व्यवस्था गरेको हो ।

७० वर्ष नपुग्दासम्म ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छन् । अध्यक्ष बनिसकेपछि बीचमै ७० वर्ष पुगे पनि कार्यकाल पूरा गर्न बाधा नपर्ने व्यवस्था विधानमा गरिएको छ । एमाले अध्यक्ष ओली हाल ७०औं वर्षमा चलिरहेका छन् । ७० वर्ष पूरा नभएकाले उनी पुनस् अध्यक्ष बन्न र कार्यकाल पूरा गर्न सहजै पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.