November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

एमालेमा ७० वर्षपछि विश्राम लिनुपर्ने, एक ब्यक्ति २ पटक भन्दा बढी उम्मेदवार बन्न नपाउने

काठमाडौं । नेकपा (एमाले) मा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उमेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । पहिलो विधान महाधिवेशनमा उठेको सवालहरूको आइतबार जवाफ दिँदै उपमहासचिव वषणु पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।

यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् । तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।

नेकपा एमालेभित्र पनि पनि अहिलेको संसदीय निर्वाचन प्रणाली फेर्नुपर्ने बहस चलेको छ। शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी पहिलो विधान महाधिवेशनमा आइतवार सुझाव दिएका पाँचवटै समूहबाट निर्वाचन प्रणाली फेर्नुपर्ने कुरा उठेको हो।

शनिबार छलफल गरेर रिपोर्टिङ गर्न नभ्याएका समूहका टोली नेताहरुले अहिलेको निर्वाचन प्रणाली अति नै महंगो र खर्चिलो भएको भन्दै फेर्नुपर्ने मत राखेका हुन्।

गण्डकी प्रदेश समूहबाट सुझाव प्रस्तुत गर्दै केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष जगत विश्वकर्माले आफ्नो टोलीको सुझाव राख्दै निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

‘अहिलेको निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने पनि आवश्यकता’, उनले भने, ‘यो महंगो निर्वाचन प्रणालीले अनेक समस्या ल्याएको छ। त्यसैले यस प्रणालीमा व्यापक परिवर्तन गर्नेतर्फ लागौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.