November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

देशमा राम्रो काम गर्न खोज्नु मेरो गल्ती हो र ?

 

धुर्मुस सुन्तली फाउन्डेसनमार्फत चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण अभियानलाई नेतृत्व गर्दै आएका हास्य कलाकार सिताराम कट्टेल सो अभियानमा आर्थिक अभावको सामना गरिरहेका छन् । आर्थिक अभावकै कारण अहिले रङ्गशाला निर्माणको प्रमुख काम रोकिएको छ ।

योसँगै अहिले विभिन्न खालका टीकाटिप्पणी हुन थालेको छ । यद्यपि कट्टेल थोरै लागतमा पनि अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको र सबै खर्च पारदर्शी रहेको दाबी गर्छन् । रङ्गशाला राष्ट्रकै सम्पत्ति भएकाले यसको निर्माणमा सबैको हातेमालो हुनुपर्ने उनको भनाइ छ । प्रस्तुत छ– रङ्गशाला निर्माणका विविध पक्षबारे कट्टेलको भनाइ उनकै शब्दमा–

चितवनमा निर्माणाधीन रङ्गशालाको काम अलपत्र रहेको समाचार अहिले छ्यापछ्याप्ती छ । निर्माण अलपत्र परेको होइन, रकमको अभावमा काम स्थगित भएको हो । चौरको दुबो गोड्ने, मर्मत गर्ने लगायतका काम अहिले पनि चल्दैछ । संरचना निर्माण भने अहिले स्थगित गरिएको हो ।

रङ्गशाला निर्माण छाडेर सिताराम कट्टेल (धुर्मुस) अन्तै भुल्न थाल्यो भन्ने आरोप पनि लगाएका छन् । म अन्त कतै भुलेको छैन । अहिले पनि चौबिसै घण्टा रङ्गशालाका लागि चिन्तित छु । धेरैले देख्ने काम रङ्गशाला भएको छ । यो काम जुन रफ्तारमा पहिले थियो, अहिले नभएकाले विभिन्न कुरा आउनु स्वाभाविक हो । काम अगाडि बढाउन विभिन्न तहमा छलफलमा छु । सरकारलाई प्रस्तावना समेत बुझाइसकेँ । पेसागत काम कलाकारिता पहिले पनि जारी थियो, अहिले पनि छ ।

मेरो विचारमा सबैले यसलाई आफ्नो दायित्व बुझेर निर्माणमा लाग्नुपर्छ । एक वर्षको दौरानमा ३५ प्रतिशत काम सकिएको छ । अब एक वर्ष सबैले मेहनत गर्ने हो भने ३० हजार क्षमताको रङ्गशाला राष्ट्रले पाउँछ । सबैले सकारात्मक सोच राखौँ, सजिलै बन्छ रङ्गशाला ।

१६ करोड ऋण

धुर्मुस–सुन्तली फाउन्डेसनले अब रङ्गशाला बनाउँदैन, अब बन्दैन भन्ने कुरा झुट हो । रङ्गशाला जसरी पनि बनाउने सङ्कल्पका साथ हामी अगाडि बढेका थियौँ । यो सबैको साझा सपना हो । सबैको साथ र सहयोगले बन्छ भन्नेमा म विश्वस्त छु । अहिले कोरोनाको कारणले परिस्थिति सहज नभएको पक्कै हो ।

रङ्गशाला सिङ्गो राष्ट्र जोडिएको सपना, खेलाडीहरूको एउटा मन्दिर हो । सबैको प्रयासले यो सफल बनाउनुपर्छ भन्ने मेरो धारणा हो । रङ्गशाला निर्माणको क्रममा म १६ करोड ऋणमा डुबेको हल्ला व्यापक छ । त्यो सत्य, यथार्थ हो । हामीले निर्माणका लागि ल्याएको सामानको उधारो भुक्तानी गर्नुपर्ने रकम १६ करोड पुगेको छ । त्यसको हल पनि बिस्तारै निस्कन्छ ।

 

अब पछि हट्न सक्दिनँ

रङ्गशाला निर्माण सर्वसाधारणको मप्रतिको विश्वास हो । योबाट म पछि हट्न सक्दिनँ । एकीकृत बस्ती निर्माण त ठिकै थियो । धुर्मुसले रङ्गशालाको काममा हात हाल्न नहुने भनेर पनि अहिले भन्ने गरेका छन् । पहिले रङ्गशाला निर्माण भएको भए मैले सुरु गर्नुपर्दैन थियो । फेरि यो भर्खर सुरुवात भएको विषय होइन । यो त्यति बेला सुरु भयो, जतिबेला यसको माहौल धेरै ठुलो थियो । पुरै राष्ट्र नै रङ्गशालामय थियो । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल लगायत चारैतिर उत्साह र साथ थियो ।

त्यो समय नेपालले एक दिवसीय क्रिकेटमा सफलता प्राप्त गरेको थियो । भौतिक संरचना अन्तर्राष्ट्रिय मापदण्डको नहुँदा पनि नेपालले यत्रो सफलता हात पा¥यो । हामीसँग रङ्गशाला भएको भए झनै सफलता मिल्थ्यो भनेर सबैले भनेकै हो । त्यसले हामीलाई अगाडि बढ्न ऊर्जा दियो । त्यो समय सबैले हौसला दिँदै साथ दिन्छु भनेकै हो क्यारे ! रङ्गशाला थाल्नुअघि नमुना नेपाल परियोजना कि रंगशाला ? भनेर फिडब्याक लिइएको थियो । सबैको रुचि रङ्गशाला भएकोले थालेका हौँ । निर्माण चर्चामै करोडौँ रकम उठिसकेको थियो । त्यसले हाम्रो मनोबल उच्च बनायो । राज्यले जग्गा उपलब्ध गराउँछ र श्रोत व्यवस्थापनको ग्यारेन्टी गर्छ भने हामी निर्माणको संयोजन गर्न सक्छौँ भनेर लागि प–यौँ । अहिले आएर सबै पछि हट्न मिल्दैन ।

रङ्गशाला सिङ्गो देशको प्रतिष्ठासँग जोडिएको परियोजना हो । बस्ती सीमित समुदायका र व्यक्तिहरूका लागि थियो । रङ्गशाला त देशकै परियोजना हो । आज अलिकति अप्ठ्यारो प¥यो भन्दैमा विचलित हुन मिल्दैन ।

मेरो विचारमा सबैले यसलाई आफ्नो दायित्व बुझेर निर्माणमा लाग्नुपर्छ । एक वर्षको दौरानमा ३५ प्रतिशत काम सकिएको छ । अब एक वर्ष सबैले मेहनत गर्ने हो भने ३० हजार क्षमताको रङ्गशाला राष्ट्रले पाउँछ । सबैले सकारात्मक सोच राखौँ, सजिलै बन्छ रङ्गशाला ।

हिसाब किताबको विषयमा धेरै प्रश्न उठ्छन् । जसले जे भने पनि हामी पारदर्शी छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस–सुन्तली फाउण्डेसनले संयोजन गरे पनि यस अन्तर्गत निर्माण व्यवस्थापन समिति छुट्टाछुट्टै छ । समितिहरूमा विभिन्न व्यक्ति सदस्य छन् । त्यही अन्तर्गत बनिरहेको हो । क्वालिटीमा कम्प्रमाइज नहोस्, आर्थिक अनियमितता नहोस् भनेर हामी सुरुदेखि नै सजग छौँ ।

पानीपुरी बेच्नु बाध्यता

रङ्गशाला निर्माणमा हामीले पानीपुरी बेच्नेदेखि नेपाल टुरसम्म गर्‍यौँ । त्यो प्रचारका लागि नभई हाम्रो बाध्यता थियो । खातामा पैसा भएर रङ्गशाला सुरु गरिएको होइन । सबै मिलेर बनाऔँ भन्ने अवधारणा अनुसार सुरु गरेका थियौँ । सुरु गरेपछि अनेकौँ प्रयासबाट सफल बनाउने कोसिसमा पानीपुरी बेचेका हौँ । ठेलामा सुन्तला बेच्नेदेखि मेची–महाकाली अभियानसम्म हामीले चलायौँ । यो अभियान रङ्गशालामा सबैको माया, सद्भाव रहोस् भनेर जोड्ने प्रयास पनि हो, प्रचारका लागि मात्र थिएन । कसैले प्रचार भन्छ भने मेरो भन्नु केही छैन ।

अहिले पनि कतिपयले सक्दिनँ भनेर हात उठाउनु राम्रो भन्छन् । मेरो बिचारमा त्यो दिन नआउला । अब रङ्गशाला निर्माण गर्न सक्दैनौँ भन्न अहिले स्थगित गरिएको होइन । राज्य र सबैको साथ चाहेको हो । पहिले साथ दिनेलाई फेरि साथ चाहियो भन्न खोजिएको हो । ३५ प्रतिशत काम सकिएपछि राज्यको पनि एउटा दायित्व रहला नि ! हामीले व्यक्तिगत सम्पत्तिका लागि रङ्गशाला निर्माण थालेको होइन । खेलाडीको लागि एउटा मन्दिर र राष्ट्रका लागि एउटा संरचना दिन खोजेका हौँ । सबैले दायित्व बोध गरौँ भनेर हामीले भनेका हौ । भोलि केही उपाय लागेन भने हामीले पनि के गर्न सक्छौँ र ! हामीले आँटमात्र गरेका हौँ, बस्तीदेखि रङ्गशालासम्म हामी सहयोगी मात्र हौँ । सरकारलाई सघाउनुपर्छ भन्ने हिसाबले एउटा नागरिकको कर्तव्य पूरा गर्न अगाडि बढेका हौँ । २०७२ देखि आजसम्म हामीले राम्रोसँग सुतेको, खाएको छैन । समाज एकीकरण गर्दै देशको सेवा गरेर सबैलाई खुसी बनाऔँ भनेर निःस्वार्थ भावनाले अगाडि बढेका यात्रीमात्र हौँ हामी । केही गरौँ भनेर हिँडेको हो, बिगार्न, भत्काउन हिँडेको पक्कै होइन ।

के छ गल्ती

हामीले जति पनि काम गरेका छौँ, सुरुका समयदेखि हामी सहयोगी मात्र हौँ । हामीले गर्ने काममा सबैले स्वेच्छाले सहयोग गर्नु भएको छ । हामीले कसैलाई दिनैपर्छ भनेर माग्ने, पत्राचार गर्ने गरेका छैनौँ । सबैको प्रयासले राम्रो काम गरौँ भनेर अगाडि बढेका हौँ ।

रङ्गशाला पनि राष्ट्रका लागि हो । हामीले घरभित्र राख्ने होइन । यसमा सुरुको समयदेखि नै सरकारको उपस्थिति छ । २०७५ माघ १६ गते तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला, कलाकार, खेलाडी लगायत सिंगो राष्ट्र एक ठाउँमा उभिएर संकल्प गरिएको हो रङ्गशाला निर्माण ।

भारतपुर नगरपालिकासँग सम्झौता हुँदा राज्यको उपस्थिति रहँदा हामीलाई आत्मबल मिलेको थियो । आजको दिनसम्म पनि हामीले सरकारको समन्वयमा काम गरिरहेका छौँ । हामीले पटक पटक भनेका छौँ । हामी त सहयोगी मात्र हौँ । अहिले पनि सरकारले आफै बनाउँछु, छोड भन्छ भने हामी सहयोग गर्न तयार छौँ । रङ्गशाला देशको आवश्यकता हो, जसले बनाए पनि बन्नुप¥यो । हामी आफैले बनाउनुपर्छ भन्ने केही छैन ।

अर्को कुरो, नेपाली दाजुभाइ, दिदीबहिनीले यसबाट रोजगारीसमेत पाउनु भएको छ । विगत डेढ वर्षदेखि दिनको ३÷४ सय जनशक्तिले रोजगारी पाएका छन् । त्यो नराम्रो हो र ? अहिले रङ्गशालाबाट दक्ष भएका जनशक्ति भोलि अन्त निर्माणमा पनि लगाउन सकिन्छ नि ! हाम्रो मुख्य उद्देश्य भनेको आत्मनिर्भरता हो । हामी जे गर्न पनि विदेशी गुहार्छौं । हामीले सुरु गरेको रङ्गशाला सरकारले थालेको भए विदेशी कम्पनीले काम गरिरहेको हुन्थ्यो । देश आफैले बनाउन सकिन्छ भन्ने सन्देश हामीले दिन खोजेका हौँ । देशमा राम्रो काम गर्न खोज्नु के मेरो गल्ती हो र ?

अहिले पनि हामी चल्ने आयश्रोत के ? भन्ने पनि आउला । हामी ५/६ वटा प्रतिष्ठित कम्पनीसँग ब्राण्ड एम्बासेडरका रूपमा जोडिएका छौँ । त्यहाँबाट राम्रो पैसा आउँछ । हामीलाई मनग्य पुगेको छ । दायाँबायाँ गर्ने होइन, दिनसमेत पुगेको छ ।

हिसाब पारदर्शी छ

हिसाब किताबको विषयमा धेरै प्रश्न उठ्छन् । जसले जे भने पनि हामी पारदर्शी छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला धुर्मुस–सुन्तली फाउण्डेसनले संयोजन गरे पनि यस अन्तर्गत निर्माण व्यवस्थापन समिति छुट्टाछुट्टै छ । समितिहरूमा विभिन्न व्यक्ति सदस्य छन् । त्यही अन्तर्गत बनिरहेको हो । क्वालिटीमा कम्प्रमाइज नहोस्, आर्थिक अनियमितता नहोस् भनेर हामी सुरुदेखि नै सजग छौँ ।

३ अर्ब ५५ करोडको डीपीआर प्रोजेक्ट रहेको परियोजनामा अहिले ५४ करोड खर्च भएको छ । त्यो रकममा ३५ प्रतिशत काम हुनु भनेको नराम्रो भएको हो र ? कम लागतमा निर्माण गर्न हामी कति लागेका छौँ भन्ने उदाहरण हो यो । हरहिसाबमा हाम्रो समस्या छैन । वार्षिक रिपोर्ट नबुझाएसम्म संस्था नवीकरण पनि हुँदैन । हामी समाज कल्याण परिषद्मा आबद्ध छौँ । कहाँबाट कति रकम आयो, त्यो सबै विवरण हामीले बुझाउनुपर्छ । धुर्मुस– सुन्तली फाउण्डेसनको पेजमा पनि सबैकुरा छर्लङ्ग छ ।

आफ्नै कमाई खान्छौँ

फिल्म निर्माण, अभिनय मेरो पेसा हो । पछिल्लो समय पेसामा खटेर लाग्न सकिनँ, त्यसमा धेरै दुःख लागेको छ । हामीले बनाएको फिल्म धेरै राम्रो भएन, बनाउन सकिएन । त्यसमा पनि दुःखी छु । फिल्म राम्रो बनाउन सकिन्थ्यो होला, समय अभावका कारणले गर्न सकिएन । यो मामलामा हामी चुक्यौ । त्यसका लागि हामी क्षमाप्रार्थी छौँ । फिल्ममार्फत पनि रङ्गशाला जोड्ने प्रयास हाम्रो थियो ।

धेरैलाई फिल्म रङ्गशालाको पैसाले बन्यो भन्ने लागेको होला, त्यो होइन । फिल्ममा व्यक्तिको लगानी थियो । फिल्मका निर्मातालाई गिरानचौर बस्तीमा हामीसँग निरन्तर सामाजिक काममा जोडिनु थियो । उहाँले तपाईंहरुको काममा फिल्ममार्फत सहयोग गर्छु, निर्माण संयोजन गर्दिनुस् भनेर अनुरोध गरेपछि हामीले संयोजन ग¥यौँ । यो काममा पनि कोरोनाले पीडा दियो ।

पछिल्लो समय ओटीटीका लागि ‘म त मर्छु कि क्या हो’ भन्ने फिल्म बनाएको थिएँ । त्यो ठुलो फिल्म पनि थिएन । त्यसमा ‘ओहो मुभिज डट’ भन्नेले लगानी गरेको थियो । हामीले संयोजन गर्दिएका थियौँ । अहिले पनि हामी चल्ने आयश्रोत के ? भन्ने पनि आउला । हामी ५/६ वटा प्रतिष्ठित कम्पनीसँग ब्राण्ड एम्बासेडरका रूपमा जोडिएका छौँ । त्यहाँबाट राम्रो पैसा आउँछ । हामीलाई मनग्य पुगेको छ । दायाँबायाँ गर्ने होइन, दिनसमेत पुगेको छ ।

(कुबेर गिरीसँगको कुराकानीमा आधारित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.