December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

भारतले नेपालीलाई यो नाकाबाट प्रवेश गर्न दिएन, अवरोध कायमै

काठमाडौ । दसैं तिहार जस्ता चाडपर्व नजिकिएपछि सिमानामा चहलपहल बढ्न सुरु भयो । मजदुरीका लागि भारत गएका नेपाली चाड मान्न घर फर्कन थालेका छन् । धेरै सिमानावाट नेपालीहरु घर भित्रने र किनमेलका लागि भारतीय वजार जाने क्रम सुरु भएको छ । तर नेपाल सरकारले भारतसितको सीमानाका खुल्ला गरेपनि केही सीमानामा भने भारतीय अबरोध कायमै छ ।

भारतीय सवारी साधन र यात्रुहरु निर्वाध रुपमा नेपालमा प्रवेश पाएका छन् तर जनकपुरको नाकावाट नेपाली सवारी साधन र यात्रुहरुको भारत प्रवेश अझै खुलेको छैन् ।नेपाली सवारी साधन भारतमा छिर्न पाएको छैन् । यद्यपी यात्रुहरु भने मुल नाकाको छेउबाट आउजाउ गरिरहेका छन् । नेपाल सरकारले नाका खुल्ला गर्न परिपत्रगरे लगतै सबै नाका खोलिएको छ ।भारत तर्फ अबरोध रहेकाले नेपाली सवारी साधनहरु जान पाएको छैन् ।

२०७६ साल चैत ११ गतेदेखि नेपाल–भारत नाका सिल गरिएको थियो ।शुक्रवारदेखि नेपाली नाका खुलेपनि भारतीय नाका नेपाली सवारी साधनका लागि खुलेको छैन् । भारतीय सुरक्षा अधिकारीहरुले नेपाली सवारी साधनका लागिपनि चाँडै नाका खोलिने जनाएका छन् ।आइतवारदेखि नेपाली सवारीहरुलाईपनि भारतमा प्रवेश दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

दशैंको मुखमा नाका खुल्ला भएपछि सीमा क्षेत्रको भारतीय बजारमा चहलपहल निकै बढेको छ ।भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताको भरमा चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.