November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

नेपालको यो ठाउमा टिकटक, फेसबुक, इन्स्टाग्राम, ईमो चलाउन बन्देज !

काठमाडौ । सामाजिक सञ्जाल प्रयोग गर्न नजान्दा त्यसको दुरुपयोग बढेको छ ।यसैलाई मध्यनजर गर्दै रुपन्देहीको लुम्बिनि वाणिज्य क्याम्पसले सोसल मिडिया सञ्चालनमा बन्देज लगाएको छ ।

क्याम्पस हाता भित्र टिकटक, फेसबुक, इन्स्टाग्राम, ईमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि गतविधि गर्न निषेध गरेको हो ।साथै यस्ता गतिविधि क्याम्पस हाता भित्र गरेको पाइएमा कानुनी कार्वाहीका लागि सिफारिश गरिने जानकारी क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययले जानकारी दिनुभयो ।

सहायक क्याम्पस प्रमुख बिष्णु जोशीले पठनपाठनको समयमा पनि कक्षा कोठामा नबसि विद्यार्थीले टिकटक बनाउने, सामाजिक सञ्जालको धेरै प्रयोग गर्ने गरेका कारण शैक्षिक वातावरणमा प्रभाव परेकाले निषेध गरिएको बताउनुभयो ।अहिले देशभरी नै टिकटक आएपछि विद्यार्थीहरु पढ्न भन्दापनि टिकटकतिर बढी केन्द्रीत भएको देखिन्छ । टिकटकमा मोह बढेकाले उनीहरुले कक्षा नै छोडिरहेकाले देशभरी नै शैक्षिक संस्थामा सामाजिक सञ्जालमा बन्देज लगाउन माग भइरहेको छ ।

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव
काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ ।केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ ।

आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।तथ्यांकअनुसार निम्न माध्यमिक विद्यालयमा अंग्रेजी विषयमा ६ सय २२, नेपालीमा ४ सय ३६ र विज्ञानमा ४ सय ४० दरबन्दी रिक्त रहेको छ ।

माध्यमिक विद्यालय तहको विज्ञान ४ सय ३३, अंग्रेजीमा ३ सय १३ र नेपाली २ सय ३० शिक्षक दरबन्दी रिक्त रहेको छ । त्यस्तै, ऐच्छिक विषयमा १ हजार ५ सय ४२ शिक्षक पद रिक्त छ ।केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरणअनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको तथ्यांकमा उल्लेख छ ।

आयोगले शिक्षक पदमा खुला प्रतिस्पर्धाका लागि केन्द्रसँग आवश्यक पदपूर्ति गर्न रिक्त शिक्षकको संख्या माग गरेको थियो । केन्द्रले आयोगमा पेस गरेको तथ्यांकअनुसार सबैभन्दा बढी प्रावि तहमा १२ हजार ९ सय १२ दरबन्दी रिक्त छन् ।मावि तहमा १ हजार ५ सय ४२ र निमाविमा २ हजार ५ सय ९३ पदमा खुला विज्ञापन गरी शिक्षकको पदपूर्ति गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.