December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

७३ जनाको ज्यान बचाउने पाइलट शेर्पालाई किन लगाइयो बिमान उडाउंन प्रतिबन्ध ?

काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले ७२ घण्टाका लागि बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई उडान भर्न रोक लगाएको विषय उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको नभएकाे जनाएकाे छ ।

दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै शेर्पालाई केही दिन आराम गर्न बिदा दिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो ।

महानिर्देशक क्षेत्रीका अनुसार दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मा’नसि’क त’ना’वलाई ख्याल गर्दै उहाँलाई केही दिन आराम गर्न बिदा दिएको हो । उहाँको उडान क्षमतामाथि प्रश्न उठाइएको होइन ।

सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको थियो । विमानको चक्का (ल्यान्डिङ गियर) डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलट शेर्पाले विराटनगर विमानस्थलमा अवतरण गर्न सक्नुभएको थिएन ।

त्यसपछि काठमाडौं फर्किएको जहाज काठमाडौंको आकाशमा केही फन्को लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पाइलट शेर्पाले सुरक्षित अवतरण गराउनुभएको थियो ।

आइकाओका नियम अनुसार नै पाइटल शेर्पालाई केही दिन आराम गर्न भनिएको उहाँले बताउनुभयो । ‘जोखिमपूर्ण उडान गर्दा आरामा चाहिने भएकाले शेर्पालाई आरामा गर्न भनिएको हो । जोखिमपूर्ण उडान पनि स्वाभाविक रुपमा आराम चाहिन्छ । यो आइकाओ मापदण्ड अनुसार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.