December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

टिकटकका पारखीलाई दुखद् खबर, विहिवार जारी भयो यस्तो विज्ञप्ती

काठमाडौ । टिकटक लगायत सामाजिक सञ्जाल अहिले सबैका लागि अपरिहार्य जस्तै भएको छ । कतिपय युवायुवतीले टिकटकवाटै दिनमै लाख रुपैया भन्दा बढी कमाइ गर्न थालेको समाचार सार्वजनिक हुने गरेका छन् । तर यस्तो ल तले युवायुवतीको भविष्यमै प्रभाव पार्न सक्ने भन्दै रुपन्देहीमा नयाँ नियम लागू गरिएको छ ।

टिकटक बनाउनेको भीड बढेपछि बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस हाताभित्र टिकटक लगायत सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ।
क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले बिहीबार एक विज्ञप्ति जारी गर्दै टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता आधुनिक प्रविधिको प्रयोग गर्न निषेध गरिएको बताएका छन् ।

टिकटक, फेसबुक, इन्स्टाग्राम, इमो जस्ता समाजिक सञ्जाल प्रयोग गरिएको थाहा पाइएमा कानूनी कारबाहीका लागि सिफारिस गरिने उनले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.