November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

माक्स नलगाएकाहरु अब काठमाडौमा गाडी चढ्न पनि नपाउने, अरु के छन् नयाँ नियम

काठमाडौ । दिनहुँ बढ्दै गएको भिडभाड र असावधानीका कारण उपत्यकामा फेरी संक्रमणको जोखिम बढेको छ । चाडपर्व नजिकिएसंगै सर्वसाधारणको भीड वजारमा देख्न सकिन्छ । अधिकांशले माक्स समेत लगाएको देखिदैनन् । अब काठमाडौंमा मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार आदेश जारी गर्दै यस्तो कडाइ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेश अनुसार चालकले मास्क, भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने छ भने सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजर राख्नुपर्ने छ । कुल सिट क्षमताभन्दा धेरै यात्रु राख्न पनि प्रशासनले रोक लगाएको छ ।

त्यस्तै आजैदेखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न पनि नपाइने भएको छ । घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्‍लेख छ । बैठक गोष्‍टठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने उल्‍लेख छ ।

यदि गर्नै पर्ने भएमा स्वास्थ्य मापदण्‍डको पालना गर्नुपर्ने उल्‍लेख गरिएको छ । कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि सांकेतिक रूपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.