November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

तालिवानीले देखाए आफ्नो वास्तविकता, ४ जनालाई बीच चोकमा झु न्ड्या ए

एजेन्सी । अफगानिस्तानमा सत्ता लिएका तालिवानीले आफ्नो वास्तविकता प्रदर्शन गरेका छन् । उनीहरु कति निर्दयी छन् भन्ने देखाएका छन् । बीस वर्षपछि अफगानिस्तानमा राज गर्न आएका उनीहरुले २० वर्ष अघि नै आफुहरुले प्रयोग गर्दै आएको कानुन पनि लागू गरेका छन् ।

बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अ प ह र णको आरोपमा ४ जनालाई बीच चोकमा झु ण्ड्या एका छन् । एक जना तालिबान नेताले आफुहरुले पुरानै कानुन लागू गर्ने अभिब्यक्ति दिएको भोलीपल्टै कार्यान्वयन पनि गरेका हुन् । पश्चिम सहर हेरातको मुख्य चोकमा उनीहरुलाई क्रेनमा झु न्ड्या इएको श व राखिएको हो।

तालिबान अधिकारीहरूले एक जना व्यापारी र उनका छोरालाई अ प ह र ण गरेको आरोप उनीहरुलाई लगाएका छन् । व्यापारी र उनका छोरा भने मुक्त भइसकेका छन्।

हेरातका एक व्यापारी वजिर अहमद सिद्धिकीले समाचार संस्था एसोसिएट प्रेसलाई बताएअनुसार शनिबार तालिबानहरूले चार वटा श व सहरमा ल्याएका थिए । एउटा मुख्य चोकमा झु न्ड्या ए र तीन वटा बाँकी चोकमा झु न्ड्या उन लगेर गए।

हेरातका उपगभर्नर मौलावी शइरले अब कसैले यस्तो काम नगरोस् भनेर सबैलाई देखाइएको बताए । गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता लिएका उनीहरुले यसपालि आफूहरूले नरम तरिकाले शासन गर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.