November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

साताको अन्तिम दिन आज कति छ सुनको मुल्य ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपालमा सुनको मुल्य घटेको छ । नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ ।

शुक्रबार सुनको भाउमा गिरावट आएको हो । बिहीबारको तुलनामा आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । अर्कोतिर तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । शुक्रबार चाँदीको मूल्य भने उकालो लागेको छ ।

आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजर १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

बिहीबार चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.