December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

झापामा सम्पत्तीका लागि भएको रहेछ महिला माथि यस्तो घटना, भान्जा सहित ४ जना पक्राउ

काठमाडौ । सम्पत्तीका लागि मानिसले के सम्म गर्न सक्छ भन्ने एउटा घटना झापामा सार्वजनिक भएको छ । केही दिन अघि एक महिलाको केही अंग मात्र फेला परेका थिए । ति महिला झापा जिल्लाको झापा गाउँपालिका १ माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडु भएको पत्ता लाग्यो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ २५ गते झापाको माइखोलामा केही अंग मात्र फेला परेको थियो । घुँडा माथि र कम्मर मुनिको भाग मात्रै फेला परेको घटना अनुसन्धान गर्दै जाँदा प्रहरीले केही तथ्य पत्ता लगाएको छ । भदौ २५ गते मध्यान्ह १२ः३० बजे माईखोलामा शव भेटिएको थियो ।अनुसन्धानका क्रममा महिलाकै आफन्तले भदौ २४ गते रातीमा घटना गराएको खुलेको छ । आफन्तहरुले नै अंग अलग गरेर खोलामा बगाएको खुलेको हो ।

प्रहरीले महिलाका भाञ्जासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा महिलाका भाञ्जा भारतको किसनगञ्ज जिल्ला, सिंघीमारी ग्राम पञ्चायत घर भएका २३ वर्षीय ऐतवार सोरेन, र झापा जिल्ला, झापा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । पक्राउ परेका लखन टुडु सतार महिलाका सौताको भाइ रहेको खुल्न आएको छ ।

घटना थाहा पाएर पनि जानकारी नदिने झापा गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई पनि पक्राउ गरी अनुसन्धान थालेको छ । महिलाका देवर भने सम्पर्क विहिन छन् । उनी भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत घर भएका मण्डल हेमरम ९सतार० भएको प्रहरीले जनाएको छ । देवरको योजनामा सबै घटना भएको थियो । महिलाका छोराछोरी कोही छैनन् भने १५ दिन अघि मात्र उनका श्रीमानको पनि निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.