November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अझै दुई दिन दिउसो भन्दा रातीमा यि ठाउँमा हुनेछ निकै ठूलो वर्षा

काठमाडौ । दिनुहँको वर्षाले हिलाम्य भएको काठमाडौ लगायतका केही मुख्य शहरहरुमा अझै केही दिन यस्तै अवस्थाले निरन्तरता पाउने भएको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । बुधवार दिउँसो यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार आज र भोलि दिउँसोको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा राति धेरै वर्षा हुने गरेको मौसमविद् बताउँछन् ।

यस्तै, राति केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान पनि छ । भोलि पनि मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् । प्रदेश १, गण्डकी, वाग्मती,,कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा पहिरो तथा गग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानि अपनाउन आग्रह गरिएको छ ।

अहिले नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.