December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

काठमाडौं उपत्यकामा कोभिड् घट्यो तर तीन जनामा अर्कै रोगको डरलाग्दो संक्रमण देखिएपछि स्वास्थ्यकर्मी चिन्तित

काठमाडौ । कोभिडको महामारी नसकिदै फेरी काठमाडौ उपत्यकामै अर्को रोग देखिएको छ । काठमाडौमा डेंगु देखिएपछि स्वास्थ्यकर्मी र चिकित्सकलाई चिन्तित बनाएको छ । गत असारयता काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गु देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो ।

महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै प्रदेश १ को संखुवासभामा सबैभन्दा धेरै ४७ जना डेंगु संक्रमित देखिएका छन् । गत आर्थिक वर्षमा २०७७⁄७८० भक्तपुरमा डेङ्गुका बिरामी भेटिएका थिएनन् भने काठमाडौं र ललितपुरका सात जनामा संक्रमण पुष्टि भएको थियो ।

यो अर्को समाचार, कोभिड संक्रमणबाट मंगलवार थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोभिडवाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार नेपालमा कोभिड भाइरसका १ हजार ३ सय ३० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ८६ हजार ५ सय ७७ पुगेको छ । त्यस्तै, मंगलवार १ हजार ८ जना ३० संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५४ हजार संक्रमणमुक्त भएका छन् । पछिल्लो समय कोभिड संक्रमितको संख्या घट्दै जान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.