December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

माधव नेपालका हस्ती विरोध खतिवडाले गरे घोषणा, ‘बरु राजनीतिवाटै सन्यास लिन्छु’

काठमाडौ । नेकपा एमाले विभाजन भएपछि माधव नेपालको साथमा लागेका प्रभावशाली नेता विरोध खतिवडा अब राजनीतिवाट सन्यास लिने योजनामा छन् । उनी माधव नेपालको नेकपा एकीकृत समाजवादीका नेता हुन् । उनले आगामी चुनावमा एमाले भन्दा ठूलो पार्टी बनाउन नसके राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन् ।

जसरी पनि अब आउने चुनावमा एमाले भन्दा समाजवादी पार्टीलाई ठूलो बनाउनुपर्ने र त्यसो हुन नसके राजनीतिवाटै सन्यास लिने घोषणा गरेका हुन् । पछिल्लो पटक उनले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा यस्तो घोषणा गरे । ‘हेर्नुहोला, आउने चुनावमा केपीको पार्टीभन्दा हाम्रो पार्टी ठूलो हुन्छ, ठूलो भएन भने विरोध खतिवडाजी तपाईँले त मेरो कार्यक्रममा राजनीतिबाट सन्यास लिन्छु भन्नुभएको थियो भनेर सोध्नुहोला, म सन्यास लिन्छु,’ खतिवडाको भनाई छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डको निगाहमा अध्यादेशमार्फत २० प्रतिशत कायम गराई दल गठन गरेका माधवका हस्ती खतिवडाको यो भनाईलाई उनकै जिल्लावासी मतदाताले भने अव सन्यास लिने योजनाको रुपमा यो भनाईलाई बुझेका छन ।

एमाले भन्दा ठूलो पार्टी त होइन, एमालेको हाराहारीमा १० प्रतिशत पनि पुग्दैन भन्ने उहाँलाई थाह छ, त्यसैले अव सिधै राजनीतिबाट सन्यास लिने नभनी एमाले भन्दा ठूलो दल भएन भने सन्यास लिन्छु भनेर खतिवडाले आप्नो योजना अघि सारेको मतदाताको बुझाइ छ । २०४८ सालदेखि सांसद रहेका माधव र झलनाथले २० बर्ष पार्टीको नेतृत्व गर्दा एक पटक पनि मन्त्री बनाएनन् । यसपटक भने माधवले मन्त्री बनाउने गरी खतिवडालाई एमालेबाट आफूतिर लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.