November 27, 2021

Sunaulo Nepal TV

Just another WordPress site

दुर्घटनामा बस मुनी पुगेका मोटरसाइकल चालक कसरी जोगिए ?

एजेन्सी । सवारी साधन दुर्घटनामा विश्वमा लाखौं ब्यक्तिले ज्यान गुमाउँछन् । नेपालमा पनि दिनमा करिब एक दर्जन सवारी दुर्घटना हुन्छन् । तर कहिले काँही यस्तो अनौठो घटना हुन्छन् जसले सबैलाई चकित बनाउँछ । बससँग ठो क्कि एर मोटरसाइकल चालक बसमुनि परेको अवस्थामा ज्यान जोगिने सम्भावना कमै हुन्छ । तर चमत्कार पनि हुनसक्छ ।

भारतको गुजरातस्थित दाहोद जिल्लामा राजमार्गमा यस्तै एउटा चमत्कार भएको छ । दुर्घटनामा मोटरसाइकल चालक बसमुनि परे तर अनौठो चमत्कार भयो । उनी सकुशल बाहिर निस्किए ।

राजमार्गमा बस गुडिरहेको बेला मोटरसाइकल चालककले स्पीड बढाएर बसलाई उछिन्न खोजेका थिए । त्यसक्रममा मोटरसाइकल दुर्घटना भएर चालक बसमुनि परे भने मोटरसाइकल ५ फिट अगाडि पुग्यो । दुर्घटनाका क्रममा बस चालकले ‘ब्रेक’ लगाइसकेका थिए ।

दुर्घटना भएर बस रोकिएपछि एकछिनमा मोटरसाइकल चालक बसमुनिबाट शरीरको माटो पुछ्दै बसबाहिर निस्किए । त्यति ठूलो दुर्घटनामा मोटरसाइकल चालक सकुशल बाहिर निस्किएपछि सबैले अचम्म माने ।

सकुशल बाहिर आएका मोटरसाइकल चालकलाई वरिपरिका मान्छेले मोटरसाइकल उठाउन सघाए । लगत्तै मोटरसाइकल चालक आफैं मोटरसाइकल चलाएर गन्तव्यतिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.