December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

अमेरिकाले मा रे को दावी गरिएका मुजाहिद पहिलो पटक सार्वजनिक, ‘अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्’ भन्दै गरे ब्यंग्य

काठमाडौ । तालिवानी नेता ओसामाविद लादेनको निधन पछि जिम्मेवारी सम्हालेका जाबिहुल्लाह मुजाहिदलाई पनि सन् २०२० मा कारवाही गरेको दावी अमेरिकाले गरेको थियो । तर अमेरिकाको त्यो दावी झुटो सावित गर्दै तालिवानी प्रवक्ता मुजाहिदले शनिवार एक भिडियो सार्वजनिक गरे । उनले दुई दशक लामो द्व न्द्वमा आफूलाई प्रमुख दु स्म न ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरे ।

उनले अमेरिकी सेना माथि व्यंग्य गर्दै भने, उनीहरुले मलाई ‘भू त जस्तै’ सोचे । लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ ।

‘अमेरिका र अफगान फौ ज ले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई उनले शनिवार अन्तरवार्ता दिँदै भनेका छन्, म उनीहरुको ह म ला वाट भने धेरै पटक बाँचेको छु । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो । ’ उनले भने ।

आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिए । म आनन्दले देशभर घुम्थे । यु द्ध को गोप्य र पहिलो सूचना पाउँथे । ’ उनले भने । ४३ वर्षे मुजाहिदले द्व न्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् ।

नोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.