December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

सासू र बुहारीबीचको दुनियाँभरी भाइरल काण्ड के हो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच तनाब भइरहेको हुन्छ ।

यस्तै एक घटना भारत हरियाणाको गुरुग्रामको राजेन्द्र पार्क क्षेत्रमा देख्नमा आएको छ । त्यहाँको एक घरमा बुहारीले आफ्नी बिरामी सासूलाई पिटेकी हुन् ।

त्यस घटनाको भिडियो दुई दिनदेखि भाइरल भइरहेको छ । शनिबार, प्रहरीले त्यस प्रकरणमा दुबै पक्षबाट आएको उजुरी दर्ता गरेको छ ।

अंशु जिन्दालले प्रहरीलाई बताएकी छिन् कि उनी घरको माथिल्लो तलामा बस्छिन्, जबकि बुहारी र बच्चाहरु पहिलो तलामा बस्छन् । बुढेसकाल र रोगको कारण, उनी अब काम गर्न सक्दिनन् ।

त्यसैले छोरालाई कामको लागी एक घरेलु सहयोगी राख्न भनेकी थिइन् । त्यस विषयमा बुहारी कविता रिसाएकी हुन् । कामदार ल्याउने कुरामा चित्त नबुझेपछि उनले सासूलाई दुव्र्यवहार गरेकी हुन् ।

शुक्रबार साँझ प्रहरी चौकी पुगेकी सासू अंशु जिन्दालले आफ्नो अनुहार र शरीरमा चोट लागेको बताइन् । उनको शरीर सुन्निएको छ । उनी मधुमेह, उच्च रक्तचाप आदि रोगबाट पीडित छिन् । भाइरल भिडियोमा देख्न सकिन्छ कि कविताले आफ्नो पतिलाई तिमीले ममाथि किन हात हाल्यौ भनेर बहस गरिरहेकी छिन् ।

अब म तिम्रो आमालाई हात हाल्छु । पतिले सम्झाउदैं त्यस्तो नगर्न भन्छन् । तर कविता आफ्ना पतिको कुरा मान्दिनन् । त्यसपछि उनी आफ्नी सासूमाथि हात हाल्न थाल्छिन् ।

सो समयमा, घरमा उपस्थित बच्चाहरु रोएको आवाज पनि सुन्न सकिन्छ । अभियुक्त बुहारीले पनि आफुमाथि हातपात भएको उजुरी दिएका छन् । त्यस प्रकरणमा, राजेन्द्र पार्क प्रहरी चौकीक प्रहरी निरीक्षक सुरेन्द्रका अनुसार प्रहरी भिडियो र उजुरीलाई एकसाथ अनुसन्धान गरिरहेको छ ।

सोही आधारमा मुद्दा दर्ता भएको छ । दोषीमाथि कडा कारबाही हुने उनले प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा बुहारीको हर्कतलाई लिएर चर्को आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.