December 4, 2021

Sunaulo Nepal TV

Just another WordPress site

एमसीसी उपाध्यक्ष फिर्ता, सम्झौता संसदबाट अनुमोदन के हुने भयो ?

काठमाडौं । चारदिने भ्रमणका लागि बिहीबार नेपाल आउनु भएकी एमसीसी उपाध्यक्ष फिर्ता हुनुभएको छ ।

नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली आज फकिर्ने लागेको हो ।

गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्यो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ ।

सरकारले पनि राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन भएको हो ।

नेपाल भ्रमणका क्रममा उहाँले प्रमेख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्नु भएको थियो । सत्ता गठबन्धनका ५ दलमध्ये कांग्रेस एमसीसी सम्झौतालाई यसअघिदेखि नै संसद्बाट अनुमोदन गर्नुपर्ने पक्षमा छ ।

तर माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न चाहेको बताउँदै आएको छ । सुमारसँगको भेटवार्तामा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनमा समझदारी गरेर राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौतालाई अनुमोदन गर्ने धारणा राख्नु भएको थियो ।

सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने सन्देश उपाध्यक्ष सुमारलाई दिनुभयो ।

सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौताबाट सत्ता गठबन्धन र पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्नुपर्ने उल्लेख गर्नुभयो । सत्ता घटक राष्ट्रिय जनमोर्चाले भने एमसीसी सम्झौतालाई अघि बढाउन नहुने अडान राख्दै आएको छ ।

0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.